२०८० वैशाख २० गते, डोटी l डोटी जिल्ला प्रदेशसभा क्षेत्र नम्बर १ र २ को आ व २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भयेको छ।
डोटी जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख उप-प्रमुखहरू, स्थानीय निकायका प्रमुख उप-प्रमुखहरू, सुदूरपश्चिम सरकार अन्तर्गतका निर्देशनालय तथा कार्यालय प्रमुखहरू, डोटी जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरूले गोष्ठीमा उपस्थित भई महतपूर्ण सुझाव दिनु भएको जानकारी कृषि ज्ञान केन्द्र डोटीका नि.कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए l
कार्यक्रम अवधिभर सहजीकरण कृषि विकास निर्देशनालय डोटीले गरेको थियो l सुदूरपश्चिम प्रदेश सरकारले आ व २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गर्ने जिम्मेवारी कृषि ज्ञान केन्द्र डोटी लाई जिम्मेवारी सुदूरपश्चिम सरकारले दिएको थियो l
पनेरुले भने, जिल्लामा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी ले आ व २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा महत्त्वपूर्ण सहयोग हुने विश्वास लिएको बताए l
आयोजक कृषि ज्ञान केन्द्र डोटीका नि.कार्यालय प्रमुख नरेन्द्र पनेरुले कार्यशाला गोष्ठी समन्वय, सहकार्य र सहजीकरण गर्नु हुने सम्पूर्ण महानुभाव लाई धन्यवाद व्यक्त गरेका थिए l





